+
+

शेखर दाइले ‘म नभई हुन्न’ भन्नुभएन : गुरुराज घिमिरे (भिडियो)

गुरुराज घिमिरे गुरुराज घिमिरे
२०७९ पुष ५ गते २१:०१

संसदीय दलको नेता चयन गर्ने मिति तय हुनुअघि नै को नेता हुने भन्ने चर्चा चलेकै थियो । सभापति शेरबहादुर देउवा आफैंले म नै हो भनेर नबोले पनि निकट नेताहरुले उहाँ उठ्ने बताउँदै आएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीका लागि प्रचार गरिरहनुभएको थियो । एक पटक त शशांक कोइरालाको नाम पनि आएको थियो ।

गगन थापाले त संसदीय दलको चुनाव लड्छु, भावी प्रधानमन्त्री हुँ भनेर नै चुनावी अभियान नै चलाउनुभयो । म प्रधानमन्त्रीको दाबेदार हुँ र संसदीय दलको चुनाव लड्छु नभन्ने नेता शेखर कोइराला मात्रै हुनुहुन्थ्यो ।

संसदीय दलको नेताका लागि पछिल्लो समयमा आएर यो दौडधुप निक्कै चल्यो । १४ औं महाधिवेशनमा शेखर कोइरालाले नेतृत्व गरेको समूहबाट कसलाई संसदीय दलको नेताको उम्मेदवार बनाउने भनेर हामीले धेरै छलफल गर्‍यौं । व्यक्तिगत रुपमा र सामूहिक रुपमा धेरै नेताले यसमा काम गर्नुभयो ।

हाम्रा नेताहरु खुल्ला दिमागले नै छलफलमा बस्नुभयो । शेखर दाइले कहिल्यै पनि म नभई हुन्न म लड्छु भन्ने अडान राख्नुभएन ।

गगनजीले पनि छलफलमा तर्कपूर्ण ढंगले आफ्ना कुराहरु राख्नुभयो । यो छलफलको श्रृंखला ३–४ दिन नै चल्यो । सोमबार बेलुकी आएर यो छलफल सहमति नजिक पुग्यो र आज बिहान सहमति भयो । जसलाई हामीले मनोनयत दर्ता गर्न जानुअघि सार्वजनिक गर्‍यौं ।

घिमिरेको  भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?