+
+

हमदर्द इन्डियाका उत्पादन नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १४:१४

काठमाडौं । हमदर्द ल्याबोरेटिज इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन आफ्नो उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

काठमाडौंको गैरीधारामा शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो उत्पादन नेपाली बजारमा आएको जानकारी कम्पनीले दिएको हो ।

कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले युनानी पद्धतिमा आफ्नो आईएसओ २२०००–२००५, एचएसीसीपी र जीएमपी सर्टिभाइड हमदर्द युनानी ब्रान्ड विश्वकै उत्कृष्ट ब्रान्डको रुपमा स्थापित रहेको दाबी गरे । कार्यक्रममा हमदर्द ल्याबोरेटिज इन्डियाका सीओडी, सीपीपीओ र सीएमओ समेतको उपस्थिति रहेको थियो ।

नेपालका लागि आधिकारिक बिक्रेता लाइफ केयर डिष्ट्रिब्युटर र प्लानेट हेल्थकेयर मार्फत विभिन्न उत्पादनहरु बजारमा उपलब्ध गराउन लागेको कम्पनीले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार रोघन बदाम सिरिन, शुद्ध कालान्जी तेल, ओनियन तेल, रोघन अमला सादा, अर्क गुलाव, लिक्विरब लगायतका उत्पादन नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?