+
+

बालकोटमा ओली र रवि लामिछानेबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते १३:५६

१६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा शनिबार विहान भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ । मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ । सरकारलाई समर्थन गर्ने दलहरुले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति पनि गरिसकेका छन् ।

सरकार सञ्चालनका लागि सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली रहेका छन् । यही सन्दर्भमा ओली र प्रमुख सत्तारुढ घटक रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको लामिछानेका सचिवालय संयोजक बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?