+
+

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, २० मतको अन्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १२:३०

१७ वैशाख, धनगढी । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए ।

तर, फेरि एमालेले २० मतले अग्रता लिएको छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् । राप्रपाका किशोर खड्काले २३७ मत पाएका छन् ।

सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा उपनिर्वाचन भएको हो ।

६१ हजार मतदाता रहेको यो क्षेत्रमा ३० हजार बढी मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?