+
+

काठमाडौं महानगरमा घरबहाल कर स्थान र प्रयोजन अनुसार फरक हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १७:३२

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा घरबहाल कर फरक-फरक ढंगले उठाइने भएको छ ।

महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार भौगोलिक स्थान, भवनको प्रकृति वा प्रयोजनको आधारमा बहाल करको न्यूनतम अंक तोकिने भएको हो ।

‘महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र स्थान विशेष वा भवनको प्रकृति वा बहाल प्रयोजन वा अन्य कुनै विषयलाई आधार बनाई घरबहाल करको न्यूनतम दर वा अंक तोक्न सक्ने छ’ निर्देशिकाको बुँदा नम्बर ३१ मा भनिएको छ ।

छुट वा मिनाहको पनि व्यवस्था

काठमाडौं महानगरपालिकाले घरबहाल करमा छुट वा मिनाह गर्न सक्ने व्यवस्थमा समेत निर्देशिकामा ल्याएको छ ।

सम्झौता भएर बहालमा लिने व्यक्तिको प्राकृतिक विपद् वा कुनै महामारीका कारण दैनिक जनजीवनमा नकारात्मक प्रभाव परेमा अथवा नियमित आयआर्जन बन्द भएमा सो विवरण वडा कार्यालयमा पेश गरेर कर छुटावा मिनाहा निर्णयका लागि महानगरमा सिफारिस गर्न सक्ने व्यवस्था निर्देशिकामा रहेको छ ।

यस्तै घर बहालमा लिने व्यक्ति विद्यार्थी, शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति, विपन्न वा असहाय भएमा पनि कर छुट वा मिनाहा हुनसक्ने महानगरले व्यवस्था गरेको छ ।

‘महानगरले बहालमा लिएको घरजग्गा समाजसेवा वा लोककल्याणकारी कार्यमा प्रयोग भएमा, मुनाफाको उद्देश्य नराखी कुनै पेशा व्यवसाय सञ्चालन गरेको अवस्थामा घर बहालमा लिने/दिने पक्षहरूका बीच प्रमाण खुलाई कारण र औचित्यका आधारमा सम्झौता गरी बहाल रकममा छुट वा मिनाहा गर्न सक्नेछन्’ निर्देशिकामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?