+
+

पर्सागढीमा मानव सेवा केन्द्रको भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १८:१७

१० फागुन, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–३ मा बुधबार मानव सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले दुई कोठे भवन शिलान्यास गरेका हुन् ।

चालु आर्थिक वर्ष ०७९÷०८० मा पालिकाले दिएको १२ लाख रुपैयाँ र आमोदेवि मानव सेवा केन्द्रको ५ लाख गरी जम्मा १७ लाख रुपैयाँको लागतमा पक्की भवन बनाउन लागिएको मानव सेवा केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीले जानकारी दिए ।

मानव सेवा केन्द्रले भवन निर्माणका लागि २०७७ सालमा महायज्ञ लगाएको थियो । महायज्ञमा १९ लाख रुपैयाँ बचत भएको थियो । केन्द्रले उपभोग गर्नेगरी १५ कठ्ठा १६ धुर जमिन छुट्याएर राखेको छ । जसमा पालिकाले गत बर्ष १० लाख रुपैयाँ खर्च गरेर तारजाली लगाएर घेरिदिइसकेको छ ।

कार्यालय र स्टोरका लागि दुई कोठे भवन बनाउन लागिएको केन्द्रका महासचिव बलिराम शुक्लले बताए । ‘वृद्ध, वृद्धा,सहाराविहीन मानिसलाई आवास सुविधा दिने उद्देश्यले केन्द्रको स्थापना गरेका हौं’ उनले भने ‘अहिले कार्यालयका लागि भवन बन्दैछ, दुई कोठा तयार भएपछि स्टोर र अफिसका लागि प्रयोग गर्छौ ।’

मेयर पाठकले मानव सेवा गर्ने उद्देश्यले खोलिएको सस्थांको भवन निर्माण कार्यको सुरुवात हुनु खुशीको कुरा भएको बताए । उनले केन्द्रमा आवश्यक पूर्वाधार निर्माणका लागि पालिकाले आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?