+
+

स्मार्टफोनको स्क्रिन बन्द गरेर पनि युट्युब भिडियो कसरी चलाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १३:२३

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युब सन् २०२२ मा विश्वमा सर्वाधिक डाउनलोड हुने मनोरञ्जन एप बन्न सफल भएको छ । विश्वभर सन् २०२२ मा युट्युब एप १५ करोड ४० लाख पटक डाउनलोड भयो ।

गुगलको तथ्यांक अनुसार युट्युबका आधिकारिक मासिक प्रयोगकर्ताको संख्या २ अर्बभन्दा धेरै छ ।

विश्वका १ सय भन्दा धेरै देशमा ८० वटा भाषामा युट्युब उपलब्ध छ । युट्युबमा हरेक मिनेटमा ५ सय घण्टाको भिडियो सामाग्रीहरू अपलोड हुन्छन् ।

बजार तथा उपभोक्तासम्बन्धी डाटा तयार गर्ने प्लाटर्फम स्टाटिस्टाको तथ्यांक अनुसार युट्युब प्रयोगकर्ताको संख्याका हिसाबले भारत सबैभन्दा अगाडि छ ।

भारतमा युट्युबका प्रयोगकर्ताको संख्या ४६करोड ७० लाख छ । विश्वमा युट्युबको सशुल्क सेवाग्राही अर्थात् पि्रयिमम सब्सक्राइबरको संख्या ८ करोड पुगेको छ । यसको अर्थ युट्युबमा शुल्क तिरेर भन्दा नि:शुल्क प्रयोग गर्ने प्रयोगकर्ताको संख्या अत्यधिक छ ।

यद्यपि युट्युबको सशुल्क भर्सनमा विभिन्न नयाँ नयाँ तथा उपयोगी फिचरहरु उपलब्ध हुन्छन्, जुन आम नि:शुल्क प्रयोगकर्ताले प्रयोग गर्न पाउँदैनन् । त्यसमध्ये एउटा उपयोगी फिचर चाहिँ डिभाइसको स्क्रिन बन्द गरेर पृष्ठभूमिमा भिडियो चलाउने हो ।

युट्युबको सब्सक्रिप्सन भर्सनमा प्रयोगकर्ताले युट्युब एपलाई मिनिमाइज गरेर पनि भिडियो चलाउन सक्दछन् । यद्यपि युट्युबको पि्रमियम सेवा खरीद नगरिकन पनि यो सुविधा लिन सकिन्छ । स्मार्टफोनको स्क्रिन बन्द गरेर युट्युबमा भिडियो चलाउने सशुल्क र निशुल्क वटा तरिका यी हुन्ः

प्रिमियम सब्सक्रिप्सनबाट :

  •  आफ्नो एन्ड्रोइड वा आईओएस फोनमा युट्युब एप खोल्नुहोस्
  • आफूले चाहेको जुनसुकै भिडियो चलाउनुहोस् र फोनको स्क्रिन अफ गर्नुहोस्
  • तपाईंले यसो गर्दा पनि युट्युबमा भिडियो चलिरहन्छ, बन्द हुँदैन
  • युट्युबको प्रिमियम भर्सनमा तपाइँले एपलाई मिनिमाइज गरेर पनि भिडियो चलाइरहन सक्नुहुन्छ ।

प्रिमियम सब्सक्रिप्सन बिना नै ब्याकग्राउण्डमा युट्युब भिडियो चलाउने तरिका :

हुनत स्क्रिन अफ गरेर ब्याकग्राउण्डमा युट्युब भिडियो चलाउन सकिने फिचर केवल प्रिमियम भर्सनमा मात्र उपलब्ध छ । तर तपाइँले एउटा तरिका अपनाएर निशुल्क रुपमा पनि यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागिः

  • आफ्नो स्मार्टफोनमा वेब ब्राउजर खोल्नुहोस् र YouTube.com टाइप गरी युट्युबको वेब भर्सन लगअन गर्नुहोस्
  • तपाईंले ब्याकग्राउण्डमा सुन्न चाहेको भिडियो खोज्नुहोस्
  • भिडियो चल्न सुरु भएसँगै डेस्कटप मोडमा जानुहोस् र पुनः भिडियो चल्न सुरु हुँदासम्म पर्खिनुहोस्
  • त्यसपछि ब्राउजर मिनिमाइज गर्नुहोस्, जसले भिडियो रोकिन सक्दछ ।
  • यदि तपाईंले एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ भने प्लेब्याक नोटिफिकेसनको नोटिफिकेसन प्यानललाई swipe down गरी play बटनमा ट्याप गर्नुहोस् ।
  • आईओएस र आइप्याड डिभाइसमा चाहिँ control center खोल्नुहोस् र त्यहाँ रहेको म्युजिक संकेत चिन्हको एबिथ बटनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ब्याकग्राउण्डमा भिडियो बज्न सुरु गर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?