+
+

बक्यौता रकम चुक्ता गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १९:५४

११ फागुन, काठमाडौं । समर सेड्यूल लिनु अगाडि बक्यौता चुक्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

वायुसेवा कम्पनीबाट करोडौं रुपैयाँ बक्यौता उठ्न नसकेपछि प्राधिकरणले बिहीबार वायुसेवा कम्पनीहरुलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले नेपाल वायुसेवा निगमसहित आन्तरिक उडानमा सेड्यूल उडान गर्ने सबै वायुसेवा कम्पनीका नाममा पत्र काटेको हो । जसमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर, गुण एयर, सीता एयर र सौर्य एयरलाइन्स रहेका छन् ।

प्राधिकरणले १६ फागुनसम्म समर सेड्यूल पेश गर्न र त्यस अगाडि ३१ डिसेम्बर २०२२ सम्म विभिन्न विमानस्थलमा सेवा सञ्चालन गरेवापत तिर्नुपर्ने बक्यौता चुक्ता गर्न निर्देशन दिएको हो ।

हेलिकप्टरले उडान अनुमति लिनु अघि बक्यौता चुक्ता गर्नुपर्ने

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई समेत बिहीबार पत्र काटेको छ । प्राधिकरणले प्रधान कार्यालयबाट उडान अनुमति लिनुपूर्व विमानस्थलहरुमा बुझाउनु पर्ने बक्यौता बुझाउन निर्देशन दिइएको छ ।

प्राधिकरणका अनुसार ३१ डिसेम्बर २०२२ सम्म बुझाउनु पर्ने सबै रकम बुझाएको प्रमाण देखाएपछि मात्र उडान अनुमति पाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?