+
+

माघसम्म सरकारले गर्‍यो २२ अर्ब ७५ करोड बजेट रकमान्तर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:५०

१५ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्म झण्डै २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक कजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो । यस्तो रकम २२ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जसमा सबैभन्दा धेरै पुस महिनामा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पुसमा मात्र २२ अर्ब २ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको छ । यस महिनामा सरकारले विकास ऋणलाई ट्रेजरी बिलमा रकमान्तर गरेको थियो । ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्ने प्रयोजनका लागि यो रकम रकमान्तर भएको मन्त्रालयले जनाएको छ । यसबीचमा बन्चरे डाँडास्थित ल्याण्डफिल्ड साइट पुग्ने सडकको स्तरोन्नतीका लागि भएको रकमान्तर समेत समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?