
१८ फागुन, काठमाडौं । खेलको अन्त्तयतिर दुई गोल गरेपछि वेष्टहममाथि ३-१ को पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को खेलमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्र गार्नाचो र फ्रेडले अन्तिम मसमया गोल गरे ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा मोहमद बेनराहमाले ५४औं मिनेटमा गोल गर्द वेष्टहमलाई पहिले अग्रता दिलाएका थिए । तर वेष्टहमले त्यो अग्रता जोगाउन सकेन । उल्टै आत्मघाती गोल उपहार दियो । ७७औं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाइटेडले खेल बराबरी गर्यो ।
९०औं मिनेटमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइमको पाँचौ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।
केही दिनअघि लिग कपको उपाधि जितेको युनाइटेडले अब क्वाटरफामइनलमा फुलहमसँग खेल्नेछ ।
उता टोटनहम भने च्याम्पियनसिप टोली शेफिल्ड युनाइटेडसँग १-० ले पराजित हुँदै बाहिरिएको छ ।
अन्य खेलमा बर्नलीले फ्लिटउड टाउनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । यस्तै चौथो श्रेणीको ग्रिम्सी टाउनले प्रिमियर लिगको साउथह्याम्पटनलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4