+
+

मिटरब्याज पीडित र सरकारी टोलीबीच शान्तिवाटिकामा वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १७:४३
मिटरब्याज पीडित र सरकारी टोलीबीच काठमाडौंको शान्तिवाटिकास्थित फल्चामा सुरु भएको वार्ता। तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२६ चैत, काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । काठमाडौंको शान्तिवाटिकास्थित फल्चामा सुरु भएको वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेश गरेका छन् ।

उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।

१८ चैतमा मिटरब्याज पीडितको एक समूहसँग सरकारले पाँच बुँदे सहमति गरे पनि उक्त सहमतिले माग सम्बोधन नहुने भन्दै २० चैतदेखि फेरि अर्को समूह आन्दोलनमा छन् ।

उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

उनीहरुबीच करिब १५ मिनेट कुराकानी भएको छ ।

हेर्नुहोस् मिटरब्याज पीडितका मागहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?