+
+

‘पानी नपर्नु र डढेलो प्रदूषणको मुख्य कारण’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १५:२८
फाइल तस्वीर : काठमाडौं उपत्यकामा लागेको तुवालो

३ वैशाख, काठमाडौं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ । आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभर प्रदूषण बढेको बताए ।

पानी नपरेका कारण हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको उनको भनाइ छ । बारा, पर्सा र चितवन क्षेत्रको धुवाँका कारण काठमाडौंमा प्रदूषण बढेको स्याटेलाइट इमेजमा देखिएको पौडेलले बताए ।

बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको उनले दाबी गरे ।

‘अहिले वायु प्रदूषण बढेको डढेलोको कारणले हो । स्याटलाइट इमेजबाट हेर्दा बारा, पर्सा र चितवनमा अलि बढी नै तुवाँलो निस्किरहेको छ । त्यो प्रदूषण वागमती करिडोरबाट काठमाडौं प्रवेश गरेको हो । त्यसले नै काठमाडौंमा अहिले तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ । पानी पनि नपरिरहेको भएर यो समस्या आएको हो’ पौडेलले भने ।

विगतका वर्षमा भन्दा यो हिउँदमा पानी कम परेका कारण पनि प्रदूषण बढेको उनले बताए । ‘अहिलेको अवस्थामा रेड कलरमा काठमाडौं उपत्यकाको प्रदूषण छ । त्यो भनेको सेन्सेटिभ मानिसहरु सकेसम्म घरबाट बाहिर ननिस्किने र हामी पनि सतर्क हुनुपर्छ । अहिलेको समयमा मास्कको प्रयोग गर्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?