+
+

राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:२९

३ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेकाे राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात् २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने स्रोतको भनाइ छ ।

राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुनेछ । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?