+
+

प्रधानमन्त्री प्रचण्ड गोरखा र तनहुँ जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ५:५९

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी आज बिहान त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।

तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?