+
+

बजेट अभावको कारण २२ हजार पूर्वशिक्षकले पाएनन् पेन्सन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १८:१०

१० वैशाख, काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार  पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको प्रमुख खरेल बताउँछन् । उनी भन्छन् ‘बजेट बनाउने बेला तलब/पेन्सन बढ्छ भन्ने अनुमान थिएन । बीचमा आएर बढ्यो, त्यसले गर्दा नपुगेको हो ।’

उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए ।

उनका अनुसार कार्यालयले अर्थ मन्त्रालयमा पाँच अर्ब माग गरेको छ, तर आइसकेको छैन । ‘अर्थबाट बजेट दिने निर्णय भइसकेको छ । अब शिक्षा मन्त्रालय र त्यहाँबाट हामीलाई आउने हो’, उनले भने, ‘अब चाँडै समस्या समाधान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?