+
+

बेलायती राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १८:१६

२३ वैशाख, काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन् । शनिबार वेस्टमिन्स्टर एबीमा विश्वका एक हजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि उनले राजमुकुट पहिरिएका हुन् ।

धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चाल्र्स तृतीयको शीरमा राखिदिए ।

सोही समारोहमा आर्चबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिएका छन् ।

राजा चार्ल्स तृतीयको राज्यभिषेकमा १९ वटा सैनिक ब्याण्ड, ३३ वटा कमनवेल्थ देशका प्रतिनिधि, २५० वटा घोडा र ४००० सैनिक सहभागी थिए । यो ७० वर्षपछि बेलायतमा आयोजित सबैभन्दा ठूलो सैनिक परेड हो ।

उक्त कार्यक्रममा राजपरिवारका सदस्य, सेलिब्रिटी, विभिन्न देशबाट निम्त्याइएका पाहुना गरी २२ सय भन्दा बढी सहभागी गिए ।

राजमुकुट पहिरिएपछि राजा तृतीय वेस्टमिन्स्टर एबीबाट बकिंघम प्यालेसतर्फ फर्किएका थिए । राजा रानी बकिंघम प्यालेसतर्फ फर्किँदा हजारौं सर्वसाधारणले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?