+
+

तेरिया मगर भारतीय सिरियल ‘स्वराज’मा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १७:३८

काठमाडौं । नेपाली डान्सर तेरिया फौजामगरले भारतीय टेलिभिजन सिरियल ‘स्वराज’मा अभिनय गरेकी छन् । उनले यसमा रानी गैदेल्लु नामक नागाल्याण्डकी एक किशोरीको भूमिकामा अभिनय गरेकी छन् । इन्स्टाग्राममा उनले यो सिरियलको टिजर सार्वजनिक गरेकी छन् ।

‘यस्तो वीर चरित्र रानी गैदेनलुको भूमिका गर्नु उल्लेखनीय क्षण रह्यो । धेरै कुरा सिक्नुपर्‍यो । यसको छायांकन गर्दा पनि लामो समय बित्यो,’ टिजर सार्वजनिक गर्दै उनले लेखेकी छन् । नेपाली फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी तेरियाले भारतीय टिभी सिरियल खेलेको कुरा सार्वजनिक गरेकी हुन् ।

टिजरमा उनलाई उल्लेख्य भूमिका दिइएको छ । जहाँ उनलाई रानी गैदेल्लुको भूमिकामा देख्न सकिन्छ । उनको लडाकु चरित्र एक्सनप्रधान देख्न सकिन्छ । यो सिरियल आइतबार बेलुका ९ बजे प्रसारण हुने समेत उनले जनाएकी छन् । रुपन्देही घर भएकी तेरिया डान्स इण्डिया डान्स लिल मास्टर्स र झलक दिखलाजा सिजन ९ जस्ता भारतीय टेलिभिजन रियालिटी शोका विजेता समेत हुन् ।

यो सिरियलले प्रत्येक एपिसोडमा भारतीय स्वतन्त्र सेनानीको कथा पेश गर्छ ।

 

View this post on Instagram

 

A post shared by TERIYA (@teriya_phounja_magar)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?