+
+

आलु र प्याजको करले मूल्यवृद्धि हुन्छ : डा. खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १८:३४
फाइल तस्वीर

३२ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले आलु र प्याजमा लाग्ने करले बजार मूल्य बढाउने बताएका छन् ।

आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । आफूले प्याजमा कर नबढाएको स्मरण गर्दै उनले आलु र प्याजमा कर लगाउन नहुने बताए ।

उनले बैंकलाई पूँजी नबढाउन सुझाव दिए । स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउन उनको सुझाव थियो । पिकनिक खाएपछि आराम गर्नुपर्ने भन्दै उनले आनन्दले व्यवसाय बढाउन सुझाव दिए । राष्ट्र बैंकलाई सेयर बजारको चिन्ता हुने गरेको भन्दै अब घर जग्गामा पनि ध्यान दिन सुझाव दिए ।

बैंक र व्यवसायी छुट्टिन चाहे संस्थापक बाहिरिन खोजे १० प्रतिशत घटाउनु पर्ने उनले बताए । निक्षेपको ब्याज एकल अंकमा राख्न र स्प्रेडदर ४ प्रतिशत भन्दा नघटाउन उनको सुझाव छ । डा. खतिवडाले रि–फाइनान्सको रकम बढाउन सुझाव दिए । उनले सहकारीको जिम्मा राष्ट्र बैंकलाई नलिन सुझाव दिए ।

बचत तथा ऋण सहकारी सहितको नियमन गर्न दोस्रो तहको नियामक ल्याउनुपर्ने भन्दै उनले सीआरआर नचलाउन, सीडी पनि नचलाउन सुझाव दिए । उनले सस्तो लोकप्रियताका लागि काम नगर्न आग्रह गरे ।

सेयर बजारमा ५ वटा निकायको चिन्ता रहेको र समाधानको उपाय नभएको डा. खतिवडाले बताए । उनले आफ्नो घरको समस्या समाधान नगरी अरुको घरको समस्या समाधानमा नलाग्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?