+
+

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १५:४१

२० असार, काठमाडौं । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधीमुलक संस्थाबीच सहकार्य हुन लागेको हो ।

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमितिलाई बधाई एवम् शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन् ।

परिसंघका पदाधिकारीलाई बधाई दिंदै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत् आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले भने, ‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवम् निजी क्षेत्रको मागलाई सम्वोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ ।’

उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए ।

मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्न एवम् व्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझाव समेत पेश गर्दैछन् ।

ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफूहरुको मागलाई सम्वोधन गर्नका लागि सरकारसँग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

उधारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?