+
+

यू-१६ विजेता ३ जना खेलाडीलाई एसपीएको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १५:३५

२४ असार, काठमाडौं । गत साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ ।

नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन खेलाडीहरु विकेट किपर आशिष लोहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

घरेलु टोली मलेसियामाथि २२१ रनको शानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो ।

कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको कप्तान समेत हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत् छन् ।

फाइनलमा प्रतियोगितामा शतक प्रहार गरेका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन । अशोक धामी बझाङका हुन् ।

तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ । क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उँचो पारेका खेलाडीहरुलाई सम्मान गर्न पाउँदा एकदमै गौरव महसुस भएको बताए ।

आशिषले सम्मानका लागि एसपीए कलेजलाई धन्यवाद दिँदै गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?