+
+

एमालेलाई प्रचण्डको प्रश्न : प्रतिपक्षले माग्नेवित्तिकै राजीनामा दिनुपर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १६:४६

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरुद्ध गरेको थियो ।

सोमबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिएका छन् । त्यस क्रममा उनले एमालेलाई सोधे, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा ? के त्यही स्तरको हो त्यो (मेरो अभिव्यक्ति) ?’

प्रचण्डले अगाडि सोधे, ‘के मैले सम्मानित संसद अगाडि उभिएर भन्न पाउनुपर्दैन ? किन ३ दिन संसद अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन ।’

उनले प्रतिपक्षले राजीनामा माग्नेवित्तिकै दिनुपर्ने हो भन्ने प्रश्न पनि गरेका छन् । ‘यही हो लोकतान्त्रिक विधि र परम्परा ? के प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ?, संसदमा स्पष्टीकरणको मौका पनि नदिनुपर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?