+
+

चरा ठोक्किँदा वायुसेवा निगमका दुबै न्यारोबडी जहाज ग्राउन्डेड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १२:५४

१ साउन, काठमाडौं । चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेएक्सको भने बायाँ इन्जिनमा समस्या देखिएको छ । अहिले देखिएको समस्याका बावजुत यो जहाजले १० साइकल उडान भने गर्न सक्ने क्षमता थियो । त्यसमध्ये ६ साइकल उडानपश्चात इन्जिनको मर्मतमा जाने उडान (४ साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।

यो जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको समेत निगमले जनाएको छ । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल ४ वटा जहाज छन् । बाँकी २ जहाजबाट तालीका व्यवस्थापन गरिएको र उडानहरु भने पूर्वनिर्धारित रुपमा सूचारु रहेको निगमले जनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो । ‘दुबै जहाजमा आएको समस्याको मूख्य कारण नै बर्ड हिट हो, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?