+
+

एनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना, अनलाइनबाटै २ लाखसम्मको कर्जा पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १८:२७

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ ।

यस योजना अनुसार मुद्दती निक्षेप खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध एप्लाइ फर लोन एगेन्स एफडीयू विकल्पमा जानु पर्नेछ । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रूपैयाँसम्मको कर्जाका लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त गर्ने छ । उक्त ओटीपी कोड हालेर शर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ ।

यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि मात्रै कर्जा प्राप्त गर्ने छन् ।

यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म सावाँ भुक्तानी गर्नुपर्नेछ । न्यूनतम ५ हजार रूपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?