+
+

सप्तरीमा भारी वर्षा, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते ८:४२

८ साउन, काठमाडौं । सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो ३ घण्टायता फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सो क्षेत्र भई बहने खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन आह्वान गरेको छ ।

आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । सो वर्षाले झापाको बिरिङ लगायतका खोलाहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले नेपालमा मनसुन सुषुप्त अवस्थामा छ । तर स्थानीय प्रणालीका कारण बिकसित बादल देशभर घुमिरहेकाले एक-दुई स्थानमा भारी वर्षा भएको मौसमविद विनोद पोखरेलले जानकारी दिए ।

मनसुनी वर्षा गराउने न्यून चापीय प्रणालीको रेखा हाल नेपालबाट दक्षिणतर्फ भारतको आकाशमा अवस्थित भएकाले नेपालमा केही दिनयता कम पानी परेको छ । भारतमा भने भारी वर्षा भएको छ । यमुना नदीको जलस्तर फेरि बढेर डुबानको खतराको सूचना जारी गरिएको छ । भारतीय मौसम विज्ञान विभागले हावाहुरीसहित भारी वर्षा हुनसक्ने भन्दै तटीय क्षेत्रमा नजान आग्रह गर्दै सूचना जारी गरेको छ ।

हाल नेपालभर आंशिकदेखि सामान्य बदली मात्र छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति र भोलि गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?