+
+

कोशीमा संविधान मिचिएको थियो भनेर प्रष्ट पारिदिएकोमा अदालतलाई धन्यवाद : हिक्मत कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १५:१५

पूर्वमुख्यमन्त्री तथा एमाले कोशीका संसदीय दल नेता हिक्मत कार्कीसँग सर्वोच्च अदालतको पछिल्लो आदेशबारे अनलाइनखबरले गरेको संक्षिप्त वार्ता :

सर्वोच्च अदालतको आदेशलाई कसरी लिनुभएको छ ?

कोशीमा असंवैधानिक काम भएको थियो, संविधान मिचिएको थियो भनेर प्रष्ट पारिदिएकोमा अदालतलाई धन्यवाद ।

१६८ (२) को प्रक्रियामा नपुगेपछि १६८ (३) मा पुग्नुपर्थ्यो । त्यसबारे अदालतले के व्याख्या गरेको छ भनेर मैले सबै सुन्न पाएको छैन । मुख्य कुरा असंवैधानिक सरकार खारेज भयो भन्ने कुरा सुन्दा ठिक लागेको छ । त्यसपछिको आदेश अरु के छ भन्ने बुझ्न पाएको छैन ।

 तपाईंले अदालतसँग माग गरेबमोजिम मुख्यमन्त्री चाहिं प्राप्त गर्न सक्नुभएन होइन ?

अब फेरि सरकार गठनको आह्वान हुने भयो । उहाँहरुले ४७ पुर्‍याउनुभयो भने उहाँहरुकै सरकार बन्ला । सायद सभामुखलाई पदबाट राजीनामा गराएर भए पनि ४७ सांसद संख्या पुर्‍याउन उहाँहरु लाग्नुहुन्छ होला । मैले त्यस्तै बुझेको छु ।

सभामुखले संविधानबमोजिम तटस्थता राख्न नसकेको ठहर आदेशमा गरिएको छ । यस्तो अवस्थामा तपाईंहरुले अहिलेका सभामुखलाई संसदको नेता मान्नुहुन्छ ?

सभामुखले बेठिक गर्नुभएको थियो । त्यो त अब स्पष्ट नै भइसक्यो । उहाँलाई मान्यता दिने कि के गर्ने भन्ने बारेमा हामी छलफल गरेर निष्कर्ष निकाल्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?