+
+

वृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १३:०४

काठमाडौं । केडिया व्यावसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्स आफ्नो नयाँ उत्पादनहरु बजारमा ल्याएको छ ।

वृज एडिटिभ्सले शुक्रबार काठमाडौंमा रहेको हायात प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सोलुसन्स बजारमा ल्याएको घोषणा गरेको हो ।

वाटर प्रुफिङका लागि ल्याएको वेदर प्रो प्लस २५०/ब्रिज सेफक्रेटले घरलाई पानीले पुर्‍याउने क्षतिबाट बचाउनका साथै पिलर, बीम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत र दीगोपन प्रदान गर्ने कम्पनीले बताएको छ । उत्पादनका आवश्यकता र औचित्यताका विषयमा सम्बन्धित विज्ञहरूले आ-आफ्नो धारणा राखेका थिए ।

बजारमा आएका विभिन्न उत्पादन मध्य वेदर प्रो प्लस २५० लाई घर निर्माणको समय ढलान मसलामा मिसाइ प्रयोग गर्न सकिन्छ भने ब्रिज सेफक्रेटलाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

यसका अतिरिक्त एडमिक्सर सोलुसन्स अन्तर्गत वृज एडिटिभ्सले सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ५५० र अल्ट्रसेन १०० पनि बजारमा ल्याएको छ ।

कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य व्यक्त गर्दै उत्पादित वस्तुले ग्रहाक तथा निर्माणकर्मी हरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?