+
+

सिम्रिकले तिर्‍यो प्राधिकरणको बक्यौता, उडान प्रतिबन्ध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १७:३५

२८ साउन, काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता चुक्ता गरेको छ ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२ हजार ११२ रुपैयाँ प्राधिकरणलाई बुझाएको जानकारी दिए । यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटेको छ । यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडान रोकेको थियो ।

प्राधिकरणले दिएको समय अगाडि नै उडान रोकेर अधिकारको दुरुपयोग गरेको आरोप सिम्रिकले लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?