+
+

युकेमा उद्धव र गुनालाई पदक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १८:२०

२९ साउन,  काठमाडौं । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् ।

उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले जनाएका छन् ।

युकेको योर्कसायरमा अगष्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जिते ।

गुनाले ताइची स्पर्धामा रजत जितिन् । अर्का सहभागी समिर श्रेष्ठले पदकविहीन रहे ।

प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् भने युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गरेकी थिइन् ।

अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुशी व्यक्त गर्दै पदक विजेतालाई बधाइ दिए । उनका अनुसार टोली अगष्ट २० तारिखमा स्वदेश फर्किने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?