+
+

चतुरानन्दराज वैद्यको संयोजकत्वमा टेबटेनिस संघको तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १९:०१

३२ साउन, काठमाडौं । चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले वैद्यको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको हो । जसको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल छन् ।

सदस्यमा धर्ममान वज्राचार्य, कुवेरप्रकाश सिंह, शंकर गौतम, विनोद शाक्य, अनिल घिमिरे, सञ्जय अर्याल, राजेन्द्रबहादुर दुलाल, तेजेन्द्र महरा, जयन्त बाँस्तोला, शिवसुन्दर गोथे, इन्दिरा गुरुङ, नवीनबहादुर सिंह छन् ।

यस्तै पुरुषोत्तम वज्राचार्य, नवीन शाक्य, अनुज बानियाँ, पूर्णशंकर श्रेष्ठ, ज्याकी महर्जन, अर्जुनकुमार कार्की, सुजिता मानन्धर, धिरज शाह, दीपक सापकोटा, निकेश श्रेष्ठ, प्रज्ज्वल मैनाली, कविन सुवाल, गोबद्र्धन श्रेष्ठ, ध्रुव पालिखे, सागर महर्जन, महेन्द्र लिगल, गेहेन्द्र ढकाल र डा. विजय सैजु पनि सदस्य छन् ।

तदर्थ समितिलाई तीन महिना भित्र विधान मस्यौदा तयार गरी विधान राखेपबाट स्वीकृत गराई साधारण सभा तथा निर्वाचन गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?