+
+

नयाँ आर्थिक वर्षको पहिलो महिनामै उठेन लक्ष्य अनुसार राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १७:१७

१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।

साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो ।

भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने ३२ अर्ब ६६ करोड मात्र भएको छ ।

गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि भए पनि साउन महिनाले सरकारले सहज अवस्थाको संकेत भने गरेको छैन ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । पहिलो महिनामा ५ प्रतिशत हाराहारी मात्र संकलन भएको छ । सरकारले पहिलो महिनामा राजस्व र अन्य आम्दानीमार्फत कुल ८८ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

साउनमा आयकर १६ अर्ब ९ करोड रुपैयाँ संकलनको लक्ष्य रहेकोमा १३ अर्ब २६ करोड मात्र संकलन भएको छ ।

मूल्य अभिवृद्धि कर १४ अर्ब संकलनको लक्ष्य रहेकोमा ११ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ ।

अन्तशूल्क भने १० अर्ब ६१ करोड रुपैयाँ संकलन रहेकोमा ७ अर्ब ७० करोड रुपैयाँ मात्र संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?