+
+

बागमतीमा १२ मन्त्रालय, चित्रकारले ३ महिनापछि पाए जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते २०:०९

५ भदौ, काठमाडौं । बागमती सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको छ । यसअघि एउटा मन्त्रालय थप गर्ने सत्तारुढ गठबन्धनका दलहरुको सहमति अनुसार मंगलबार मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या १२ वटा हुने निर्णय गरेको हो ।

बागमती प्रदेशमा ७ जेठमा मन्त्रिपरिषद विस्तार गर्दा मन्त्रिपरिषदको सदस्य संख्या १२ पुर्‍याइएको थियो तर मन्त्रालय संख्या ११ वटा मात्र थियो । कांग्रेसका नेता रामकृष्ण चित्रकार विना विभागीय मन्त्री थिए ।

मंगलबारको मन्त्रिपरिषद बैठकले हालै थप गरिएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी चित्रकारलाई दिएको सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

अब बागमतीमा यी मन्त्रालयहरु रहनेछन्

१ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

२ आन्तरिक मामिला तथा कानून मन्त्रालय

३ आर्थिक मामिला तथा योजना मन्त्रालय

४ उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय ( रामकृष्ण चित्रकार)

५ कृषि तथा पशुपन्छी विकास मन्त्रालय

६ खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय

७ संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय

८ भौतिक पूर्वाधार विकास मन्त्रालय्

९ वन तथा वातावरण मन्त्रालय

१० श्रम, रोजगार तथा यातायात मन्त्रालय

११ सामाजिक विकास मन्त्रालय

१२ स्वास्थ्य मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?