+
+

जनकपुरमा १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १९:५६

१७ भदौ, जनकपुरधाम । जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको हो ।

आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले बयान दिएकी छन् ।

तर स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै रहस्यमय मृत्यु भएको बताएका छन् । घटना ढाकछोप गर्ने प्रयास भइरहेको प्रहरीले खबर पाएपछि शव नियन्त्रणमा लिएको हो । एक छिमेकका अनुसार सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको थियो ।

घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने डीएसपी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?