+
+

नेपाल बारको साधारण सभा सुर्खेतमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १९:१८

२ असोज, सुर्खेत । नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ ।

असोज १२ र १३ गते सुर्खेतको वीरेन्द्रनगरमा हुँने साधारणसभालाई विधान सभाको रुपमा लिइएको बारका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले जानकारी दिए ।

सधारणसभाको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गर्ने छन् ।

आर्थिक वर्ष २०७८/७९ र ०७९/८० को गरी दुई आर्थिक वर्षको साधारण सभा एकैपटक हुन लागेको उपाध्यक्ष आचार्यले बताए । ‘विधानतः विशेष परिस्थितिमा दुई वटा साधारण सभा एकैपटक गर्न सकिने व्यवस्था गरिएको छ । संघीयतापछि बारको विधान संशोधन भएको छैन’, उनले भने, ‘यो साधारण सभामा संघीय संरचना बमोजिमको विधान संशोधन भई पारित हुनेछ ।’

गत असारमा बसेको बारको बैठकले विजय मिश्रको संयोजकत्वमा विधान संशोधन उपसमिति समेत गठन गरिसकेको छ । ‘बारको यति ठूलो कार्यक्रम पहिलोपटक कर्णालीमा हुँदैछ । यसलाई हामीले गौरवको विषय ठानेका छौं’, उपाध्यक्ष आचार्यले भने ।

साधारणसभामा एक हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने र साधारण सभाका लागि १० वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको आयोजकले जनाएको छ ।

साधारणसभामा प्रदेशका पर्यटन व्यावसायीहरु मार्फत रारा तालसम्मको टूर प्याकेजको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साधारणसभाका लागि करिब ४० लाख खर्च लाग्ने बारको अनुमान छ । त्यसका लागि बारले आफ्नो कोष सहित पर्यटन बोर्ड, कर्णाली प्रदेश सरकार र स्थानीय तह लगायत विभिन्न निकायबाट आर्थिक सहयोगको अपेक्षा राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?