+
+

दयाहाङ र मिरुनाको ‘रंगेली’को वर्ल्ड प्रिमियर अष्ट्रेलियामा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १८:२३
फाइल तस्वीर

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘रंगेली’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने भएको छ । साथै, फिल्मलाई नेपाल रिलिजअघि नै अष्ट्रेलिया र अमेरिकामा प्रिमियर गरिने भएको छ ।

कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्मलाई फागुन २५ गते नेपालसहित ती मुलुकमा प्रदर्शन गर्न लागिएको जानकारी दिए । अष्ट्रेलिया प्रिमियर माघको अन्तिम साता र सोही वरपर अमेरिकामा प्रिमियर हुने उनले बताए । नेपालमा भने फिल्म महाशिवरात्रीका दिन फागुन २५ गते फिल्म रिलिज गर्ने तयारी छ ।

फिल्मलाई अस्ट्रेलियाली वितरक ‘हट बिट्स इभेन्टस’ले प्रिमियर तथा रिलिज गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारसहितको टोली त्यहाँ पुग्नेछ । प्रिमियरमा नेपालबाट पुगेका पाहुना, कूटनीतिज्ञ, पत्रकार तथा फिल्मकर्मीको सहभागिता हुने जनाइएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रंगेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ । अहिले मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र झापाको बिर्तामोडमा छायांकन भइरहेको छ ।

फिल्मको एक गीत युरोपको प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायांकन हुनेछ । पहिलोपटक उक्त स्टुडियोमा नेपाली फिल्मको गीत रेकर्ड हुन लागेको जनाइएको छ । गीतमा हर्क साउदको शब्द रचना छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । फिल्मका अन्य गीतमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

फिल्मका कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुजजंग थापा छन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सहनिर्माता हुन् । फिल्मलाई सुसन प्रजापतिले खिचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?