+
+

बुसान फेस्टिभलको रेडकार्पेटमा प्रस्तुत भए नवीन सुब्बासहितका फिल्मकर्मी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १६:३८

काठमाडौं । एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल-२०२३ बुधबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । फिल्म ‘बिकज आई हेट कोरिया’ ओपनिङसँगै फेस्टिभल सुरु भएको हो ।

नौ दिनसम्म चल्ने फेस्टिभलमा चर्चित एसियाली फिल्म स्क्रिनिङ हुँदैछन् । यस वर्षको संस्करणमा दुई नेपाली फिचर फिल्म ‘गाउँ आएको बाटो’ र ‘गुराँस’को एसिया प्रिमियर हुँदैछ । नीरञ्जन भेट्वाल निर्देशित छोटो फिल्म ‘साक्षी रुख’ पनि प्रिमियर हुँदैछ ।

फेस्टिभलको औपचारिक सुरुवात हुनुअघि रेडकार्पेटमा फिल्ममेकर र सेलिब्रिटी सहभागी रहे । नेपालबाट बुसान पुगेको फिल्म ‘गाउँ आएको बाटो’का निर्माता, निर्देशक र कलाकारले पनि रेडकार्पेट नापे । निर्देशक नवीन सुब्बा, निर्माता आमोद राई, अभिनेत्री पशुपति राई, कार्यकारी निर्माता मिन्सो लिम्बू रेडकार्पेटमा प्रस्तुत भए ।

प्रिमियरमा सहभागी हुन ‘गुराँस’का निर्माता रामकृष्ण पोखरेल र निर्देशक सौरभ राई बिहीबार बुसानतर्फ प्रस्थान गर्ने तयारी छ । यसपटकको क्लोजिङ फिल्मको रुपमा ‘द मुभी अम्पेरर’ छ । बुसानलाई एसियाको सबैभन्दा ठूलो फिल्म फेस्टिभल मानिन्छ । यो फेस्टिभलमा प्रिमियर हुने फिल्मले अन्तर्राष्ट्रिय अवार्डमा दबदबा जमाउने गरेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?