+
+
Shares

‘गाउँ आएको बाटो’ बेइजिङमा स्क्रिनिङ, चिनियाँ दर्शकसँग मेकरको संवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते ९:४२

काठमाडौं । ‘गाउँ आएको बाटो’ले बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्क्रिनिङ हुँदै इतिहास रचेको छ । नेपाली समयानुसार शुक्रबार बेलुका यो फिल्मलाई चीनमा प्रिमियर गरियो ।

कुनै नेपाली फिल्म फेस्टिभलमा छनोट भएको यो पहिलो अवसर हो ।

स्क्रिनिङको क्रममा निर्देशक नवीन सुब्बा, निर्माता आमोद राई लगायत सहभागि थिए । फिल्म हेर्न खचाखच सहभागि चिनियाँ र अन्तर्राष्ट्रिय दर्शकसामु मेकरले प्रश्नोत्तर पनि गरे ।

निर्माता राईले नेपाली फिल्म चिनियाँ दर्शकलाई देखाउन पाउँदा खुशि लागेको बताए । ‘हिजोको स्क्रिनिङमा धेरैजसो दर्शकले हाम्रो फिल्मको प्रशंसा गरेका छन्’ बेइजिङबाट अनलाइनखबरसँग उनले भने, ‘स्क्रिनिङपछि धेरैजसो दर्शक हामीसँग अन्तक्रिया गर्न भीआइपी कक्षमा आधा घण्टाभन्दा बढी समय बसे ।’

टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म नेपालमा भने जेठ १८ गते हलमा रिलिज हुँदैछ । नेपाल रिलिजमा यो फिल्मसँग रामबाबु गुरुङको बाँसुरी फिल्म्सले सहकार्य गर्दैछ ।

यो सोसल-ड्रामा फिल्ममा दयाहाङ राई, पशुपति राई लगायतको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले पारिवारिक सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथावस्तुमा फिल्म घुमेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?