+
+
Shares

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटमा दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय बद्रीनारायण चौधरीको निधन भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मङ्गलबार साँझ करेन्ट लागेर गम्भीर घाइते चौधरीलाई जिल्ला अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
  • प्रहरीले चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया भइरहेको जनाएको छ ।

२८ असोज, उदयपुर। दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ ।

त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो ।

प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?