+
+
Shares

६ महिनाभित्र ऐन संशोधन गरेर स्वास्थ्यका दरबन्दी थप गर्छौं : स्वास्थ्य मन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते २१:०८

१७ असोज, दाङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरिने बताएका छन् ।

उनले मुलुक स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने जरुरी भएको भन्दै  ६ महिनाभित्र विधेयक संशोधन हुने बताएका हुन् । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले बुधबार घोराहीमा आयोजना गरेको स्थानीय तहका प्रमुख, उप प्रमुख, तथा स्वास्थ्य शाखा प्रमुखहरुसंग अन्तर्क्रिया कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘अहिले धेरै स्वास्थ्य संस्थाहरुमा दरबन्दीसँगै जनशक्ति अभावको समस्या छ । त्यसका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गरेर अबको ६ महिनाभित्र दरबन्दी थप हुनेछ ।’

विधेयक संशोधनका लागि  प्रधानमन्त्री समेत सकारात्मक रहेको उनले बताए । स्वास्थ मन्त्री बस्तेतले निजी अस्पतालले १० प्रतिशत बेड पूर्ण निःशुल्क नगरे अस्पतालको नवीकरण नहुने बताए ।

‘निजी अस्पतालहरुले वार्षिक रुपमा दश प्रतिशत बेड निशुल्क छुट्याएर गरिव तथा विपन्नको उपचार गर्नुपर्छ’, उनले भने, ‘त्यसो नगरे अस्पतालहरुको नविकरण हुनेछैन ।’

मन्त्री बस्नेतले सरकार आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अभियानमा रहेको भन्दै सरकारको अभियानलाई सहयोग गर्न निजी अस्पताललाई आग्रह गर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?