+
+

रशिद खानले विश्वकप क्रिकेटको म्याच फी भूकम्प पीडितलाई दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १५:०१

२१ असोज, आइतबार । अफगानिस्तानका स्टार स्पिनर रशिद खानले विश्वकप क्रिकेट खेलेबापत आउने म्याच फी भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

आइतबार बिहान गएको भूकम्पमा परेर अफगानिस्तानमा जनधनको ठूलो क्षति भएको छ ।

उनले आइतबार सामाजिक सञ्जालमा भूकम्पमा परेर मृत्यु भएका मानिसको शव र भूकम्पले तहसनहस परेको ठाउँको तस्वीर पोस्ट गर्दै पीडितलाई सहयोग गर्ने बताएका हुन् ।

विश्वकप क्रिकेट खेल्न भारतमा रहेका उनले आफूहरुले एक राहत कोष खडा गरी पीडितलाई सहयोग गर्ने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?