+
+

‘कौसीद’को ‘क्लाइमेक्स’मा सेन्सर बोर्डको आपत्ति, दिउँसोसम्मका शो रोकिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १२:५१

काठमाडौं । सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएपछि शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘कौसीद’को बिहानी र दिउँसोका शोको प्रदर्शन रोकिएको छ । क्लाइमेक्सले गलत सन्देश दिएको भन्दै बोर्डले निर्मातालाई सच्याएर ल्याउन निर्देशन दिएको छ ।

सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मको क्लाइमेक्स सच्याएर ल्याए मात्र प्रदर्शन अनुमति दिइने बताए । ‘उहाँहरुको फिल्मको क्लाइमेक्समा असान्दर्भिक सन्देश जाने खालका दृश्य रहेछन् । यसले फिल्मले दिने सन्देश बिग्रिन्छ,’ सुवेदीले भने, ‘उहाँहरुलाई सच्याएर ल्याउन निर्देशन दिएका छौं ।’

बोर्डले सच्याएर फिल्म ल्याउन र त्यो भाग फाल्न निर्मातालाई भनिसकेको छ । सेन्सर बोर्डको निर्देशनअनुसार आफूहरुले बेलुकासम्म फिल्मलाई रिलिज गर्न लागेको निर्माता केदार भुसालले बताए । ‘क्लाइमेक्स सच्याएर बोर्डमा लैजादैंछौं,’ उनले भने ।

फिल्म रिलिज नभएपछि हलले पूर्वप्रकाशित शोको टिकट शुल्क दर्शकलाई फिर्ता दिइसकेका छन् । निर्माता भुसालका अनुसार अपरान्हदेखि फिल्म रिलिज हुने अपेक्षा गरिएको छ । कुमार भाष्कर निर्देशित यो फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?