+
+

दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सोमबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १३:४१
फाइल तस्वीर

२८ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ ।

कम्पनीकाअनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिन थाल्ने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।

‘सोमबार बिहानदेखि खसी, बोका र च्याङ्ग्रा आउन सुरु गर्छन्, सम्भवत हामी सोमबार दिउँसोदेखि बिक्री थाल्ने छौं,’ उनले थपिन्, ‘खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री थाल्नु अघि तय गरिनेछ ।’

यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका खरिद गरेर ल्याइँदैछ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने सुवेदीले बताइन् ।

यस्तै धादिङ र मकवानपुरबाट खरिद गरिएको खसी र बोका पनि कमाठमाडौं ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यस वर्षका लागि रसुवाबाट सहकारीमार्फत कम्पनीले एक हजार च्याङ्ग्रा खरिद गर्दैछ । जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले जनाएको छ ।

काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । खसी, बोका र च्याङ्ग्राका लागि संस्थानले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

कोभिड–१९ महामारी पनि पहिलो पटक यस वर्ष कम्पनीले च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । गत ९ असोज नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?