+
+

‘महाजात्रा’मा जोडिए दिव्यदेव र गौमाया

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ११:५८

काठमाडौं । षट्कोण आर्ट्सको आगामी फिल्म ‘महाजात्रा’ले कलाकारको लाइनअप विस्तार गरिरहेको छ । यो मल्टिस्टारर फिल्ममा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ र विपिन कार्की रहने पक्का भइसकेको छ ।

अब यो सूची थप फराकिलो बन्दैछ । कलाकारको लाइनअपलाई लिएर नयाँ खबर छ । ‘महाजात्रा’मा अभिनेता दिव्यदेव पन्त र ‘कबड्डी ४’ बाट डेब्यु गरेकी गौमाया गुरुङ पनि जोडिएका छन् । कार्यकारी निर्माता समेत रहेका अभिनेता बानियाँले यी दुई कलाकार अनुबन्धित भएको जनाए ।

उनका अनुसार अन्य केही कलाकार पनि थपिनेछन् । ‘हामी आर्टिस्टको लाइनअपलाई बलियो तुल्याउन चाहन्छौं,’ बानियाँले अनलाइनखबरसँग भने, ‘दर्शकले पक्कै पनि आफ्ना प्रिय कलाकारलाई यसमा देख्नुहुनेछ ।’

दशैंलगत्तै छायांकन हुने तयारीमा रहेको यो फिल्म जात्रा र जात्रैजात्राको तेस्रो श्रृंखला हो । ‘जात्रा ३’ समेत भन्न सकिने यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो ।

प्रदीप भट्टराईको निर्देशन रहने फिल्मलाई षट्कोण आर्ट्सका म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् । महापुरुष र जात्राजस्ता सुपरहिट फिल्म दिएको षट्कोणले यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।

फिल्म छायांकन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय अधिकार बिक्री भइसकेको छ । फिल्म आगामी चैत ९ गते रिलिज गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?