+
+

मेरो टिमप्रति गर्व गर्छु : प्रशिक्षक एनेस

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते २१:२९

काठमाडौं । लाओसलाई हराउँदै विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अब धेरै अवसर प्राप्त हुने प्रतिक्रिया दिएका छन् ।

होम गेममा १-१ को बराबरी खेलेको नेपालले मंगलबार लाओसलाई उसकै घरेलु मैदानमा १-० ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको छ । लाओस विरुद्ध आफ्ना खेलाडीहरूले राम्रो खेलेको र त्यसमा आफूलाई गर्व रहेको मुख्य प्रशिक्षक एनेसले बताएका छन् । ‘हाम्रो लागि जित्नै पर्ने खेलमा खेलाडीले राम्रो खेले । म मेरो टिमप्रति गर्व गर्छु’ खेलपछि उनले भने, ‘हामीले अब अझ प्रतिस्पर्धात्मक खेल पार्नेछौँ र खेलाडीहरुलाई राम्रो गर्ने अवसर हुनेछ ।’

नेपालले खेलमा दुवै हाफमा राम्रो अवसर बनाएको थियो । प्रशिक्षक एनेसका अनुसार अझ राम्रो प्रदर्शन हुनसक्थ्यो उनले अघि भनेका छन्, ‘केही गल्ती पनि भए तर यो सिक्ने प्रक्रिया हो र युवा खेलाडीहरुका लागि आउने दिन अझ राम्रो हुनेछ ।’

दोस्रो लेगमा निर्णायक गोल गर्दै नेपाललाई जिताएका मनिष डाँगीले नेपाल जितको लागि लायक भएको बताएका छन् । ‘हामीले कोचलाई फलो गर्‍यौँ र त्यसमा विश्वास गर्‍यौँ’ टिमलाई तयार पार्न कोचले धेरै मिहिनेत गरेको भन्दै उनले भने, ‘यो जित कोचलाई डेडिकेट गर्न चाहन्छु ।’

सातै दशैँको अवसरमा नेपाली जनतालाई जित उपहार दिन पाउँदा खुशी लागेको बताए । ‘जितबाट खेलाडीहरु खुशी छन् विशेषगरी दशैँको अवसरमा प्राप्त जितले’ मनिषले भने, ‘अब हामी दशैँमा रमाउनेछौँ र लगत्तै खेलमा केन्द्रित हुनेछौँ । किनकी नोभेम्बरमा हाम्रो महत्वपूर्ण खेलहरु छ र त्यसका लागि अझ मिहिनेत गर्नुपर्छ ।’

लाओसका सहायक प्रशिक्षक फोउटपासोङ सेन्गदालाभोनले जितका लागि नेपाललाई बधाई दिँदै यस खेलबाट आफ्ना युवा खेलाडीहरुका लागि धेरै सिक्ने अवसर भएको बताएका छन् । उनले आफ्नो टिमले केही गल्ती गरेको भन्दै अबका दिनमा त्यसमा सुधार गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?