+

कीर्तिपुरमा मैदानभित्र र बाहिर उत्तिकै दर्शक (तस्वीरहरू)

२०८१ वैशाख  १९ गते १४:३८ २०८१ वैशाख १९ गते १४:३८
कीर्तिपुरमा मैदानभित्र र बाहिर उत्तिकै दर्शक (तस्वीरहरू)

१९ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको तेस्रो टी-२० सिरिजमा नेपालले २२८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

खेल हेर्न ठूलो संख्यामा दर्शक कीर्तिपुर पुगेका छन् । कीर्तिपुर मैदानको प्याराफिट दर्शकले भरिभराउ छन् । प्याराफिटबाहिर पनि ठूलो संख्यामा क्रिकेट समर्थक पुगेका छन् ।

प्याराफिटबाहिर प्रहरीले बार लगाएको छ । तर बार बाहिरबाट पनि क्रिकेट समर्थकले खेल हेरिरहेका छन् । यसअघिको दुई टी–२० सिरिजमा नेपाल र वेष्टइण्डिजले एक–एक वटा जितेका छन् ।

आउँदो महिना अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपको तयारीस्वरुप नेपालले वेष्टइण्डिज एसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

कीर्तिपुर नेपाल वेष्टइण्डिज ए
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय