+
+

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १२:५१

३ कात्तिक काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन भएको उक्त आईपीओमा कुल ११ लाख ९० हजार २९६ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन स्वीकृत हुँदा ४ हजार ६५४ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदक परेकोले धितोपत्र निष्कासन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट भएको छ । यसरी १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खालि भएको छ ।

कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ छ । प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?