+
+

गज्जबको जागिर : भित्री वस्त्र लगाएबापत ५० हजार तलब

एजेन्सी एजेन्सी
२०८० कात्तिक ९ गते १४:३८

भनिन्छ कुनैपनि काम तथा जागिर सजिलो हुँदैन र पैसा कमाउनका लागि मेहेनत त गर्नैपर्छ । तर हालै एउटा कम्पनीले यस्तो जागिरका लागि आवेदन खुलायो जसमा वास्तविक रुपमा कुनै कामै गर्न पर्दैन । यो जागिरमा एउटा काम भनेकै केवल भित्री वस्त्र लगाउनु हो ।

उसै पनि गज्जब गज्जबका ब्राण्डेड भिस्त्री वस्त्रहरु सित्तैमा लगाउनु पाउनु र लगाइदिएबापत मोटो रकम तलब पाउने जागिर जो कोहीले कल्पना पनि गर्न सक्दैन । तर स्विमवेयर तथा भित्री वस्त्र उत्पादक कम्पनी पोर मोइले यही जागिरका लागि उपयुक्त उम्मेदवारको खोजी गरिरहेको छ ।

यो हेमन्त ऋतुका लागि कम्पनीले कोजी कोअर्डिनेटर पदका लागि विज्ञापन खुलाएको छ । यो पदका लागि आवेदन गर्न चाहनेले केही योग्यता पूरा गर्नुपर्नेछ र उसका केही परिभाषित कामहरु हुनेछन् ।

उम्मेदवारको लागि चाहिने योग्यताहरुमा उसलाई हेमन्त ऋतुको मौसम मन पर्नु पर्छ । साथै कम्पनीले उत्पादन गरेका भित्री वस्त्रहरु आफैले लगाएर त्यसको गुणस्तर र आरामदायीपना परीक्षण गर्नुपर्दछ ।

यस्ता भित्री वस्त्रहरु लगाएर विभिन्न कार्यक्रमहरुमा सहभागी भई कम्पनीका ती वस्त्रहरुको प्रचार गर्ने जिम्मा पनि कोजी कोअर्डिनेटरको हुनेछ ।

तारविहीन ब्रादेखि सुपर सफ्ट पेन्टी र कटन टिसर्ट ब्रा लगायतका आफ्ना उत्पादनलाई आफैले लगाएर परीक्षण गरिदिने कर्मचारीकेा खोजी पोर मोई कम्पनीले गरिरहेको छ । यसमा छनोट हुनेले हर बखत नै कम्पनीका भित्री वस्त्र लगाउनु पर्नेछ चाहे सिजनल हट ड्रिंक्सको चुस्की लिइरहेको बेलामा होस् वा टेलिभिजन हेर्दै अनि पुस्तक पढ्दै गरेको बेलामा किन नहोस् ।

यसरी आफैंले लगाएर परीक्षण गरेपछि ती वस्त्रहरु फिर्ता नगरी आफैंले प्रयोग गर्न सकिन्छ । आफैंले लगाएर भित्री वस्त्र टेष्ट गरी नोभेम्बर ३० सम्ममा उपयुक्त र वास्तविक समीक्षा गरिदिएबापत कम्पनीले ३ सय पाउण्ड अर्थात् करिब साढे ४८ हजार रुपैयाँ पुरस्कार दिनेछ । यसका लागि कम्पनीले विश्वव्यापी रुपमा आवेदन गरेको छ र कम्पनीको वेबसाइटमा गएर आवेदन गर्न सकिन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?