+
+

आज जसले प्रेसर ह्यान्डल गर्न सक्छ उसैले जित्छ : शरद भेषावकर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ११:०६

१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले युएईसँग खेलिरहेको छ । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।

आजको खेलअघि टस, मैदानको अवस्था, दीपेन्द्र सिंह ऐरी प्लेइङ ११ मा फर्कँदाको फाइदा लगायत विषयमा अनलाइनखबरका गेष्ट एक्सपर्ट शरद भेषावकरको  विश्लेषण :

यहाँको कन्डिसन अनुसार सुरुको ४–५ ओभरमा महत्वपूर्ण हुन्छ । त्यसको फाइदा उठाउनुपर्छ । कन्डिसन बुझेको भए टस जितेर पहिले बलिङ गर्थे होला । तर उनीहरुले ब्याटिङ रोजेका छन् । त्यसले उनीहरु प्रेसरमा छन् भनेर देखाउँछ ।

एडभान्टेज चाहिँ पहिले बलिङ गर्ने टिमलाई नै हुन्छ । त्यसलाई नेपालले सदुपयोग गर्नुपर्छ ।

ओपनिङ ५ ओभरको स्पेल हाम्रो बलिङको भाइटल हुन्छ । विशेष गरी मोहम्मद वासिमको विकेट भाइटल हुन्छ । मिडल अर्डमा बसिल हमिदको विकेट पनि महत्वपूर्ण । दुवै खेलाडी अहिले लयमा छन् ।

आज दीपेन्द्र नेपालको टिममा फर्किएका छन् । दीपेन्द्र भनेको अहिलेको अवस्थामा सबैभन्दा राम्रो खेलाडी हो । उसलाई राम्रोसँग व्यवस्थापन गरेर खेलाइराछ । यसअघि पनि युएई विरुद्ध उनले राम्रो खेलेका थिए । त्रिकोणात्मक शृखंलाको सबै खेलमा दीपेन्द्रले राम्रो प्रदर्शन गरेका थिए ।

दीपेन्द्र आउँदा टिमको मनोबल पनि बढ्छ । फिल्डमा एक जना खेलाडीलाई व्यवस्थापन गर्न खासै गाह्रो हुँदैन । दीपेन्द्रले एक खुट्टैले समेत राम्रो फिल्डिङ गर्न सक्छन् ।

अहिले टिममा भएको खेलाडीमध्ये २०१४ मा टी–२० विश्वकप खेलेका सोमपालले मात्र प्लेइङ ११ मा खेलिराछन् । त्यसअघि विश्वकप छनोट खेलेका सोमपालसँगै विनोद भण्डारी छन् । यो दुई खेलाडी बाहेक अन्य १३ जना खेलाडीको लागि यो महत्वपूर्ण म्याच नै हुन्छ ।

आजको खेल सबैका लागि महत्वपूर्ण हुन्छ । दर्शकको संख्या जति भएपनि धेरै असर नहोला ।

आज जसले त्यो दबाबलाई राम्रोसँग ह्यान्डल गर्छ, कम गल्ती गर्छ उसको पक्षमा खेल जाने सम्भावना बढी हुन्छ ।

नेपाललाई गत सिजन छनोटमा युएईसँग बेहोरेको हारको घरेलु मैदानमा समर्थकअघि रिभेन्ज लिने मौका पनि छ ।

मुलपानी मैदानमा नेपाल अपराजित छ त्यसको पनि एडभान्टेज हुन्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?