+
+

इजरायलका प्रधानमन्त्रीले भने : अल्पकालीन युद्धविरामको सम्भावना छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १६:२९

२१ कात्तिक । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको बताएका छन् ।

गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा उनले अल्पकालीन युद्धविराम हुनसक्ने बताएका हुन् । ‘मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविराम हुने सम्भावना रहेको छ’, उनले भनेका छन् ।

नेतान्याह्युले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको पनि बताएका छन् । ‘यो युद्ध समाप्तिपछि गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा अब इजरायलले लिनेछ’, उनको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ ।

इजरायलमा हमासले आक्रमण गरेको मंगलबार एक महिना पुगेको छ । हमासको आक्रमणमा १४ सय जनाले ज्यान गुमाएका थिए । यता हमासलाई  समाप्त पार्ने भन्दै इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

गाजाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने नेतान्याहुको अभिव्यक्तिको अर्थ के हो ?

नेतान्याहुले गाजाको सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिइनेछ भनेर दिएको अभिव्यक्तिको अन्तर्य त्यहाँको नगरको अधिनमा अब हुनेछैनन् भनेर इंगित गरेको विश्लेषण भइरहेको छ। प्यालेस्टाइन क्षेत्रमा पर्ने वेस्ट बैंकको हकमा पनि इजरायलले यस्तै शब्द प्रयोग गरेको थियो ।

प्यालेस्टाइन र इजरायलबीच सन् १९९० मा भएको ओस्लो सम्झौतामा वेस्ट बैंक प्यालेस्टाइनको नगरको अधिनमा भएपनि त्यसको सुरक्षा जिम्मेवारी इजरायलको हुने उल्लेख छ । त्यस सम्झौताले वेस्ट बैंकमा स्थिरता तथा सुरक्षा कायमका लागि इजरायली अधिकारीलाई आउजाउको सुविधा छ । तर त्यहाँका जनतालाई शिक्षा स्वास्थ्य लगायत आधारभूत अन्य सुविधा भने प्यालेस्टाइनले दिने उल्लेख थियो । यसका लागि एउटा शर्त थियो । जसमा त्यहाँका अधिकारी इजरायलसँग समन्वयका लागि तयार हुनुपर्थ्यो ।

वर्तमान अवस्थामा इजरायल निकै कठिन मोडमा रहेको छ । उसले आफ्ना सम्पूर्ण गतिविधि गाजामा केन्द्रित गरेको छ । गाजाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिइनेछ भन्नुको अर्थ त्यहाँ कुनै न कुनै हस्तक्षेप गर्न सक्ने आशय नेतान्याहूले व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?