+
+

विश्वकप छनोटमा नेपाल र यमनको खेल हेर्ने दर्शकलाई एन्फाले बसको व्यवस्था गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १६:५४

२१ कात्तिक, काठमाडौं । विश्वकप छनोटको समूह चरण अन्तर्गत नेपाल र यमनबीचो खेल बेलुकी ७ बजेबाट सुरु हुने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले घर फर्कन दर्शकलाई बसको व्यवस्था गर्ने भएको छ ।

विश्वकप छनोटको समूह चरणमा नेपालले यमनविरुद्ध मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा खेल्दै छ ।

खेल सकिने बेलासम्म काठमाडौंमा सार्वजनिक यातायात चल्न बन्द भइसक्ने भएकाले रंगशालामा फुटबल हेर्न आउने समर्थकलाई घर फर्कन यातायातको सुविधा मिलाउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘पहिलाको खेलहरु साढे ५ मा सुरु हुन्थ्यो तर यसपालि खेल पनि ७ बजे सुरु हुने र मौसम पनि चिसो भएकाले दर्शकका लागि घर जान असुविधा होला भन्ने हिसाबले हामीले २०÷२५ वटासम्म बसको व्वस्था गर्ने निर्णय लिएका छौं’, उनले अनलाइनखबरलाई बताए ।

नेपालका खेलहरु यसअघि सामान्य समयमा नै हुने गरेको तर योपालि विशेषत प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको चाहना अनुसार खेलको समय ढिला गरिएको एन्फा प्रवक्ता शाहले बताए ।

‘विशेषत प्रशिक्षक सरको अनुरोधमा हामीले खेल समयपछि सारेका हौं,’ उनले भने, ‘हामीले बस कम्पनीसँग छलफलमा छौं । हामी दर्शकका लागि बसको व्यवस्था गर्ने भन्ने निर्णय भइसकेको छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?