+
+

फिल्म ‘चित्रा’को गीत ‘नजरैको हानाहान’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १८:००

काठमाडौं । राजनराज सिवाकोटी र मिलन नेवारको स्वरमा फिल्म ‘चित्रा’ले पहिलो गीत सार्वजनिक गरेको छ । तिहारलक्षित ‘नजरैको हानाहान’ गीतमा राजनराजकै शब्द तथा संगीत छ ।

सन्तोष अधिकारी फिल्म्सकफ ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो फिल्मले तिहारको देउसीभैलोलाई लक्षित गर्दै गीत सार्वजनिक गरेको हो ।

प्रवीण सिंहको नृत्य निर्देशन रहेको गीतलाई पोखराका रमणीय स्थलमा छायांकन गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार सन्तोष अधिकारी र शुभेच्छा खड्का फिचर्ड छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्मले बाबु र छोरीको सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । फिल्मलाई पुस २७ गते नेपाल र अष्ट्रेलियामा रिलिज गर्ने तयारी छ । फिल्ममा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ । ‘घर’ र ‘आमा’ फिल्मका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?